You are viewing the translated version of सम्झौता कार्यान्वयन सम्बन्धी व्यवस्था.

Rule 36
सम्झौता कार्यान्वयन सम्बन्धी व्यवस्था
: (१) नियम ३५ बमोजिम सम्झौता गर्नु अघि लगानीकर्ताले कार्यसम्पादन बापत परियोजनाको कुल लागत अनुमानको शून्य दशमलव एक प्रतिशतले हुने रकम वा सो बराबरको बैङ्क जमानत पेश गर्नु पर्नेछ।
(२) नियम ३५ बमोजिमको सम्झौतामा उल्लिखित शर्त बमोजिमका जिम्मेवारी र दायित्व लगानीकर्ताले वहन गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम सम्झौता कार्यान्वयन गर्दा लगानीकर्ताले सम्झौताका शर्तको अधीनमा रही सम्झौता भएको मितिले तीन महिनाभित्र कार्यान्वयन कार्ययोजना बनाई सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ ।